मुकेश कायस्थलाई सहिद घोषणा

सरकारले गत बुधबार निधन भएका दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत मुकेशको ३२ वर्षको उमेरमा निधन भएको थियो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो ।

सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार