डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

घटेको मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रुपैयाँ कायम भएको छ । यसअघि १६५ रुपैयाँ प्रतिलिटरमा डिजेल र मट्टितेल बिक्री हुँदै आएको थियो ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत् राखेको छ । मंगलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।

सोही अनुसार सञ्चालक समिति बैठकले मंगलबार राति डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार