रेशम चौधरीलगायत टिकापुर घटनाको सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी

रेशम चौधरीलगायत टीकापुर घटनाको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।

कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगमा न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार र मंगलबार निरन्तर सुनुवाई भएको हो ।

दुवै पक्षको बहस र जवाफी बहस सकिएसँगै इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ । कैलालीको टीकापुरमा भएको घटनालाई लिएर जिल्ला र उच्च अदालतले चौधरीलाई दोषी ठहर गरेका थिए ।

यसविरुद्ध दुवै पक्षले सर्वोच्चमा पुनरावेदन गरेका छन् । ती निवेदनमा वैशाख २५ गते सुनुवाइ सुरु भएको हो। यसअघि प्रतिवादी चौधरी पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । सोमबारदेखि सरकारी वकिल र विपक्षिका कानुन व्यवसायीले बहस गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार