गठबन्धनको बैठकपछि मन्त्रीपरिषद् बैठक बस्ने

काठमाडौं । आज मन्त्रीपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ४ बजे मन्त्रीपरिषद बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताईएको छ ।

सो अघि प्रधानमन्त्री प्रचण्डले १० दलीय गठबन्धनको बैठक डाकेका छन् । सरकारका नीति तथा कार्यक्रमका बारेमा राय लिनका लागि गठबन्धनका बैठक बोलाएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार