लोकतन्त्रविरोधी असाध्यै हौसिए : अध्यक्ष केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताएका छन्। सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भए पनि त्यसको खास सदुपयोग हुन नसकेको स्पष्ट पारेका छन्।

उनले अहिले पनि जनताका गाँस, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त रहेको बताए। उनले देशको आर्थिक अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै राजनीतिक अस्थिरता, शिक्षा, स्वास्थ्य रोजगारीको कमी हुँदा युवाहरू विदेश पलायन भइरहेको बताए। अध्यक्ष केसीले लोकतन्त्र, गणतन्त्र ल्याउनेहरूबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा रहेको उल्लेख गरे ।

‘हामीले लोकतन्त्र र गणतन्त्र त ल्यायौँ तर त्यसको खास सदुपयोग गर्न सकेनौँ । अहिले पनि जनताका गाँस, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त छ । अहिले तपाइहरूका जोश र उत्साहलाई जीवन पर्यन्त कायम गर्नुपर्छ । देशको आर्थिक अवस्था डामाडोल छ,’ उनले भने, ‘राजनीतिक अस्थिरता छ, अहिले पनि लाखौं विद्यार्थीहरू देशमा शिक्षा, स्वास्थ्य रोजगारी नहुँदा विदेश गएका छन्। यही अवस्था रहने हो भने मुलुकको अस्तित्वमाथि नै शंकट उत्पन्न हुने देखिएको छ । लोकतन्त्र, गणतन्त्र ल्याउनेबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा छ। लोकतन्त्र बिरोधी असाध्यै हौसिएका छन्। किन चाहियो भनेर भनिरहेका छन्।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार