‘मानव तस्करीमा राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद्’

काठमाडौं : सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा उनले आफ्ना दाजुभाइ नै बिक्री गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरे।

नक्कली भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकार र गृहमन्त्रीले देखाएको सक्रियतालाई धन्यवाद दिँदै सांसद केसीले दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी राख्न नहुने उल्लेख गरे।

सांसद राजेन्द्र बजगाईंले विकास निर्माणको बजेट काटिएको भन्दै गुनासो गरे। उनले गोरखाका विभिन्न आयोजनामा देखिएको बेथिति अन्त्य गर्न र विकास निर्माणको काम कारबाहीलाई प्रभावकारी बनाउन आग्रह गरे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार