अब घरबाटै ‘नो अब्जेक्सन लेटर’ लिन सकिने

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा ९एनओसी० ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरुवात गरेको छ।

सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरूवात गरिएको हो । आजबाट लागू हुनेगरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘नो अब्जेक्शन लेटर’ चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फारम भर्न सक्ने र आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था शुरू हुनु प्रशंसनीय भएको बताएका छन्।

उनले अबदेखि विद्यार्थीहरूले घरबाटै एनओसी फारमका लागि लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको बताए। मन्त्री राईले यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहेपछि चाँडै नै शतप्रतिशत काम हुनेगरी तयारी गरिरहेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार