राप्रपाको केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं । आगामी कार्यदिशा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

एसआर बैंक्वेट, धुम्बाराहीमा आज साढे ११ बजेदेखि सुरु हुने बैठक जेठ तीन गतेसम्म चल्ने छ ।बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था र निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका सांगठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति लगायतका विषयमा छलफल गर्ने राप्रपाले जनाएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आगामी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको संगठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् । सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि बैठकमा पेस गरिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार