हर्क साम्पाङको विरोधमा धरानका पत्रकारहरुको जुलुस

विराटनगर – धरानका संचारकर्मीहरुले मौन जुलस प्रदर्शन गरेका छन्। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र रूपमा धरानका पत्रकारिताको सम्बर्धन गर्न गम्भीर बन्नका लागि सन्देश दिँदै धरानका संचारकर्मीहरुले मौन जुलुस प्रदर्शन गरेका हुन्।

पछिल्लो समय पत्रकारहरूविरुद्ध मेयर साम्पाङको अमार्यादित, प्रेस स्वतन्त्रताविरोधी व्यवहार सच्याउन नेपाल पत्रकार महासङ्घ सुनसरीले आन्दोलन थालेको छ।

सोहीअनुसार आन्दोलनको छैटौँ दिनमा मौन जुलुस आयोजना गरिएको सुनसरी महासंघका अध्यक्ष जनक ऋषिले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार