गोरखामा जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु, ५ जना घाइते

'घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार हुँदै'

काठमाडौं : गोरखाको गण्डकी गाउँपालिका–६, घौचुरमा जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ। पाँचजना घाइते छन्।

काठमाडौंबाट घौचुरतर्फ जाँदै गरेको बागतती प्रदेश ०१–०२५ च ६२०४ नम्बरको जीप आइतबार बेलुकी करिब पौने ९ बजे सडकबाट अन्दाजी ७० मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय ७८ वर्षीया किरमाया आलेको उपचारका क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका जीपमा सवार पाँचजनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। दुर्घटनालगत्तै फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार