भक्तपुर चुनदेवीस्थित सोफा कारखानामा आगलागी

भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ । चुनदेवीस्थित एक सोफा फ्याक्ट्रीमा आइतबार साँझदेखि आगलागी सुरु भएको हो। सोफा उद्योगमा आगलागी हुँदा नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

पानी पनि परिरहेकाले आगलागी अलि कम भएको छ। नियन्त्रणमा लिने प्रयास भइरहेको छ । अहिले काठमाडौं र भक्तपुरका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार