काठमाडौं उपत्यकामा हावाहुरीको वितण्डा

काठमाडौं आसपास क्षेत्रमा आइतबार साँझ हावाहुरीले वितण्डा मच्चाएको छ। साँझ साढे ७ बजे आएको हावाहुरीले काठमाडौं सडकमा वितण्डा मच्चाएको हो ।
उपत्यकामा अहिले हावाहुरीसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले काठमाडौँ उपत्यकामा वर्षाको भएको हो ।

यस्तै सडकमा हिंड्ने यात्रु र सवारी साधनलाई सकस परेको छ। हावाहुरीले होर्डिङ बोर्ड, जस्तापाता लगायत उडाएर सडकमै थुपारेपछि सडक अवरुद्ध भएको छ भने यात्रु र सवारीलाई बाटो काट्न असहज भएको छ ।
साथै ठाउँठाउँमा रुखहरु र हागाँ भाचिएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हाल देशका पहाडी भूभागमा सामान्य वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा अहिले वर्षा भइरहेको विभागले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार