श्रीमतीको हत्या गर्ने पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । आफ्नै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा ५५ वर्षीय निङमा शेर्पा पक्राउ परेका हुन ।

टोखा नगरपालिका– ८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका शेर्पालाई शनिबार राति पक्राउ गरिएको हो ।

मादक पदार्थ सेवन गरी एकआपसमा झै– झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।

पक्राउ परेका शेर्पा माथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार