पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाएको घटनामा मुछिएसँगै जिल्ला अदालत काठमाडौँले शुक्रबार प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले बताएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पनि आज पक्राउ पुर्जी जारी भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार