प्रि–ओपन सेसनमा सेयर बजार बढ्यो

काठमाडौं। प्रि–ओपन सेसनमा आइतबार सेयर बजार बढेको छ । नेप्से परिसुचकमा २।२२ अंकले बढेर १८४०।८२ विन्दुमा आएको छ ।

यससँगै ११ कम्पनीको ८५० कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ४८ हजार ४०६ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा नेप्से सूचकमा ५ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । एक कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार