सप्तरीमा हत्या गरिएको अवस्थामा युवकको शव फेला

छानविनको माग गर्दै स्थानीयले गरे राजमार्ग अवरुद्ध

सप्तरीको रुपनी गाउँपालिका वडा नं १ स्थित खेतमा हत्या गरी फ्यालिएको अवस्थामा एक युवकको शव भेटिएको छ ।

शम्भुनाथ नगरपालिका २ बस्ने लुकमानको छोरा २४ वर्षीय मो तफेजुलको शव रुपनी बजार क्षेत्रदेखि २५ मिटर पर खेतमा आइतबार बिहान स्थानीयले फेला पारेका थिए ।

शनिवार बिहान घटनास्थलमा प्रहरी टोली पुगेर उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।

टनाको विरोध जनाउँदै स्थानीयवासी तथा महिलाहरूद्वारा रुपनी राजविराज सडक खण्ड बिहानदेखि अवरुद्ध पारेका छन् । महिलाहरूको ठुलो सङ्ख्याले अवरुद्ध पारिएको सडक खण्डलाई प्रहरी सुरक्षा खुलाउन लागि परेको छ ।

अत्यावश्यक सवारी साधनहरू प्रहरीको सुरक्षा दिँदै अत्यावश्यक सवारी साधनहरूको लागि अवरोध हटाउँदै आएको प्रमुख कार्कीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार