सरकार सफल भइसक्यो भन्ने बेला भएको छैन : रवि लामिछाने

'दोषी देखिए पूर्वप्रधानमन्त्रीहरूलाई पनि हतकडी लगाउनु पर्ने भनाई'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन्।

शनिबार काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत् आन्दोलनमा पत्रकारहरुसँग कुरागर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।

उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलताभन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरु अनुसन्धान भए सरकारको सफलता मान्ने बताए।

उनले भुटानी शरणार्थी काण्डलाई सरकारले शुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताए। उनले सरकारले अन्य लाइनमा रहेको काण्डहरु अनुसन्धान अघि बढाउन रोकिन नहुने बताए।

उनले कुनै पनि पार्टी र पार्टीका शीर्ष नेताहरुले कसैले पनि विषयान्तर गर्न नहुने बताए। उनले आफ्नो दलको लागि दोषीलाई बचाउने, छेक्ने ढाँट्ने नगर्न आग्रह गरे।

उनले भने,‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्छ। देशको बेइज्जत होइन भ्रष्टाचार गर्नेहरुको उजागर भयो। विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर झेल गएको देखेका छौं। यो देशको बेज्जत भएको होइन यो देशको इज्जत बढ्यो। पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरुको नजिर नेपालले लिने हो। गलत छन् भने हेर्ने होइन प्रमाणित गर्ने कोशिस होला। जो–जो मुछिए पनि समाएर अनुसन्धानको दायरामा ल्याउने कसैलाई पनि छोड्ने होइन। एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ। त्यतिधेरै पनि नलियौं होला। आशावादी हुनुपर्छ।’

सभापति लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु राम्रो भएको बताए।

उनले विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर जेल गएको देखिरहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरुको नजिर नेपालले लिन सक्नुपर्ने बताए। उनले काण्डमा दोषी देखिएकाहरुलाई अनुसन्धानको दायरामा ल्याउन कसैलाई पनि छाड्न नहुने बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार