ट्र्याक्टरबाट खसेर दाङमा १४ वर्षीय किशोरको मृत्यु

दाङ । दाङको तुलसीपुरमा ट्र्याक्टरबाट खसेर एक बालककिशोरको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ का १४ वर्षीय विनोद चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आज शुक्रबार दिउँसो ज्यान गएको हो ।

तुलसीपुर–१४ गोठ्वाबाट ग्वारखोला जाँदै गरेको रा १ त ४८९८ नम्बरको ट्र्याक्टरबाट किशाेर गोठ्वा नजिकै खसेका प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार