अमेरिका पठाउने प्रलोभनमा पारेर ठगी गर्ने ५६ वर्षीय शाक्य पक्राउ

काठमाडौं । रोजगारीका लागि अमेरिका पठाइदिने प्रलोभनमा लाखौं रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२० घर भएका ५६ वर्षीय ओम शाक्यलाई बिहीबार कालीमाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शाक्यले पासाङ ल्हामु शेर्पालाई अमेरिका पठाइदिने भन्दै पटकपटक गरी १५ लाख रुपैयाँ लिएर फरार थिए । उनी रकम बुझेर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । उजुरीका आधारमा खोजतलास गर्दा शाक्यलाई पक्राउ गरेको हो ।

शाक्यलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार