अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी, एक जना पक्राउ

काठमाडौँ । अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँका ५६ वर्षीय ओम शाक्य रहेका छन् ।

शाक्यले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगेको प्रहरीले जनाएको छ । शाक्यलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार