राप्तीमा बाढी आए १० हजार घरपरिवार प्रभावित हुने

यस वर्ष राप्तीमा बाढी आएमा १० हजार घरपरिवार प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वानुमान गरेको छ । ठूलो पानी पर्दा बाँकेको राप्ती नदीमा बाढी आउने गर्छ ।

विपद्बाट २५ हजार घर परिवारका एक लाख ५० हजार मानिसहरु प्रभावित हुने पूर्वानुमान गरेको समितिले बाढीबाट दश हजार घरका ५० हजार मानिस प्रभावित हुने जनाएको छ । भारतले राप्ती नदीमा एकतर्फी बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँधका कारण राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षेनी डुवानमा पर्ने गरेका छन् ।

बाँकेको प्रमुख जिल्ला अधिकारी शिव गेलालेले मनसुन सुरु भइसकेको अवस्थामा बाढीजन्य विपद्को खोज तथा उद्धारमा प्रयोग हुने सामग्रीको प्रयोग गरी डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीमा सबै सुरक्षा निकाय, पालिका र रेडक्रसको सहभागितामा प्रतिकार्य अभ्यास गरिएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार