पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्वमन्त्री रायमाझीका छोरा बुटवलबाट पक्राउ परेका हुन् ।

पूर्वमन्त्री समेत रहेका रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । योसँगै शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ । बुधवार नै उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पेप्सीकोलाबाट पक्राउ परेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार