कांग्रेस महाधिवेशन कार्यतालिका संशोधनसहित पारित, अधिवेशन साउन १२ देखि सुरु हुने

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकले प्रस्तावित नयाँ कार्यतालिका संशोधनसहित पारित गरेको हो । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ ।

नयाँ तालिका अनुसार काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा आजको बैठकले ६ दिन पर सार्दै साउन १२ गतेदेखि सुरु गर्ने तय गरेको हो ।

यसैगरी पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि सामान्य हेरफेर गरिएको बताइएको छ । महाधिवेशन गर्नका लागि काँग्रेसभित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउन चुनौती रहेको छ । तर, क्रियाशील सदस्यता विवाद मिलाउन असार २० गतेभित्रको समय दिइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार