मेलम्ची आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको शव भेटियो

मेलम्चीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका मेलम्ची खानेपानी आयोजनाका ८ कामदारमध्ये दुई जनाको शव फेला परेको छ । उनीहरु दुवै चिनियाँ नागरिक हुन् । उनीहरुको साथमा भटिएको परिचयपत्रको आधारमा पहिचान खुलेको हो ।

बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी अरुण नेपालले बताए । गोगवको शव इन्द्रावती गाउँपालिका–११ स्थित नदि किनारमा फेला परेको थियो भने यु चि झुको शव सिन्धुलीमा फेला परेको थियो ।

हेलम्बु गाउँपालिका- १ आम्बाथानमा रहेको आयोजनाको हेर्डवक्समा खटिएका ३ चिनियाँ, ३ भारतीय र २ नेपाली मंगलबार साँझ आएको बाढीमा बेपत्ता भएका थिए । बाढीमा अलपत्र परेका कामदारहरुलाई हेलिकम्पटरबाट उद्धार गरी धुलिखेल र काठमाडौं अस्पतालमा राखिएकोे मेलम्ची खानेपानी विकास समितिका आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार