थापाथलीस्थित एमालेको नयाँ पार्टी कार्यालय अनुगमन गर्न जाँदै प्रधानमन्त्री ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ । थापाथलीस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो । अग्रवालको घर भाडामा लिने विषयमा आज सम्झौता हुन लागेको छ ।

घरधनी अग्रवालका अनुसार साढे २ तलाको उक्त घरमा १३ कोठा छन् । यसअघि उक्त घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय थियो । यसैबीच प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ पार्टी कार्यालयको अनुगमनका लागि जाँदैछन् । प्रधानमन्त्री ओली उक्त भवन निरीक्षणका लागि थापाथली हाइटस्थित उमंग मार्ग जान लागेका हुन् ।

प्रधानमन्त्री ओली आउने भएपछि त्यहाँ सुरक्षाकर्मीहरू र पार्टीका केही नेता उपस्थित छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार