तनहुँबासीको भरोसा डगमगाउन दिँदैन : स्वर्णिम वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद स्वर्णिम वाग्लेले आफूलाई उपनिर्वाचनमा जिताउने तनहुँ १ का मतदातालाई धन्यवाद दिएका छन्। शुक्रबार संसद बैठकमा पहिलो पटक सहभागी वाग्लेले तनहुँवासीको स्नेह, भरोसा र स्नेहलाई डगमगाउन नदिने बताए।

तनहुँ जिल्ला हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्ग विस्तार भइरहेको भन्दै उनले यो आवश्यक भए पनि सर्वसाधारणको दैनिकीमा असुविधा पनि ल्याएको बताए।

राइट अफ वे स्थापित गर्दा घाँसीकुवा लगायतका ऐतिहासिक र पुरातात्विक महत्वका संरचनाको उचित व्यवस्थापन गर्न पनि वाग्लेले माग गरे। वाग्ले र चितवन २ बाट निर्वाचित रवि लामिछानेले शुक्रबारै शपथ ग्रहण गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार