ओलीको अभिव्यक्तिबारे पूर्वराजाको सचिवालय के भन्छ ?

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक सञ्जाल नचलाउने बताएको छ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिमानीको फेक अकाउन्टलाई उद्धृत गर्दै बिहीबार पूर्वराजा ज्ञानेन्द्रलाई आफूसँग निहुँ नखोज्न भन्दै आक्रोश व्यक्त गरेका थिए।

बुधबार झापा पुगेका ओलीलाई कोशी नामकरणविरूद्ध आन्दोलन गरिरहेका पहिचानवादीहरूले कालो झन्डा देखाएका थिए भने एक ठाउँमा उनी सहभागी भएको कार्यक्रममा ढुंगामुढासमेत भएको थियो।

हिमानीको उक्त फेक अकाउन्टले ढुंगामुढा भएको भिडिओ राख्दै ओलीलाई ठिक भएको लेखेको थियो। त्यसैको हवाला दिँदै ओलीले छोरा–बुहारीलाई अगाडि सारेर पूर्वराजा ज्ञानेन्द्रले फुरफुर गरेको बताएका थिए।

पूर्वराजा शाहको सचिवालयले यसअघि नै राजपरिवारका सदस्यले सामाजिक सञ्जाल नचलाउने स्पष्ट पारिसकेको दोहोर्‍याएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार