नक्कली नोटसहित ललितपुरबाट दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले ललितपुरको गोदावरीबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ घर भएका ३६ वर्षीय सुरेश तामाङ उर्फ जीवन र कास्कीको मादी घर भएका २१ वर्षीय भुपाल विक उर्फ सुकुटे छन् । गोदावरी नगरपालिका–१३ झरुवारासीस्थित किराना पसलमा सामान किन्दा सुरेश तामाङले नक्कली नोट दिएका थिए । प्रहरीले सुरेशको साथबाट १ हजार दरको नेपाली नोट १ थान, पाँच सय दरको नोट १ थान र एक सय दरको नोट १ थान बरामद गरेको छ ।

भुपाल विकको साथबाट पाँच दरको नोट १ थान र सय दरको नोट १ थान बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । गोदावरीमा रहेको भुपालको डेरा खानतलासी गर्दा फोटोकपी र प्रिन्टर मेसिन भेटिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार