सरकारमा जाने सम्भावना छैन, समर्थन फिर्ता लिन सक्छौ : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने सम्भावना नरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा सांसद पदको सपथपछि लामिछानेले सरकारमा नजाने बताएका हुन् । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत समेत गरेका छन् ।

उनले भने,‘सरकारमा जाने विषयमा सोच्ने कुरा छैन। समर्थनमा के गर्ने भन्ने विषयमा भने छलफल गर्नुपर्ने हुन्छ। शपथ सकिएसँगै संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर गम्भीर समीक्षा गर्नेछौं।’

सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको हो ? भन्ने प्रश्नमा उनले सरकारले आफ्नो एजेन्डा न्यूनतम कार्यक्रमबाट हटाएको भन्दै समर्थन फिर्ता लिने सम्भावना बढी देखिएको बताए।

‘त्यस्तो सम्भावना बढी देखिन्छ। कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने विषय थियो। सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी यो विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ,’ उनले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार