आजको मौसम: तीन प्रदेशमा पानी पर्ने, बाँकी सामान्यतया सफा

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली रहेको छ । गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षा भइरहेको छ ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार