लुम्बिनी सरकारको नेतृत्व कांग्रेस र माओवादीले आलोपालो गर्ने

लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताएका छन् ।
यस्तै आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको तर कसले कति समय नेतृत्व गर्ने भन्ने नभएको बताइएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेश गरेका थिए । जसमा ५३ जनाको हस्ताक्षर छ ।

चौधरीको शपथ शुक्रबार बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार