अल्मुताइरी बने अफगान फुटबल टिमको प्रमुख प्रशिक्षक

काठमाडौँ । नेपाली फुटबल टोलीका पूर्वप्रमुख प्रशिक्षक अफगानिस्तान राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्।

अफगानिस्तान फुटबल फेडेरेसनले बिहीबार अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

कुवेती नागरिक अल्मुताइरीले यसअघि नेपाली राष्ट्रिय फुटबल टोली सम्हालेका थिए। उनको नेतृत्वमा नेपालले साफसहितका केही प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

अल्मुताइरीको नेतृत्वमा नेपालले सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा फाइनलको यात्रा तय गरेको थियो । नेपालले साफ च्याम्पियनसिपको फाइनल खेलेको त्यो नै पहिलो अवसर थियो । झण्डै डेढ बर्षको उनको प्रशिक्षणमा नेपालले १९ खेल खेलेको थियो । त्यसमा ५ खेलमा जित २ मा बराबरी र १२ खेलमा हार बेहोरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार