नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

काठमाण्डौ – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ । आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई हराउँदै कुवेत समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । आजै त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कतारलाई हराउँदै नेपाल समूह ए को विजेता बनेको थियो ।

यस्तै अर्को सेमिफाइनलमा समूह बी को विजेता यूएईले समूह ए को उपविजेता ओमानसँग खेल्ने भएको छ । दुवै सेमिफाइनल खेल शनिवार हुनेछ । नेपाल र कुवेतबीचको खेल त्रिवि क्रिकेट मैदानमा तथा यूएई र ओमानबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । यस्तै फाइनल त्रिवि मैदानमा सोमवार हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार