कतारको ब्याटिङ ध्वस्त पार्दै नेपाली बलर

काठमाडौँ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले छैटौ विकेट गुमाएको छ ।

सन्दीप लामिछानेले कप्तान मोहमद रिजलानलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् । यसअघि उनले ओपनर जाहिर इब्राहिमलाई आउट गरेका थिए ।

सोमपाल कामीेले तीन विकेट र ललित राजवंशीले एक विकेट लिँदै कतारमाथि दबाब कायम राखेको छ । कतारले ६ विकेटको क्षतिमा ४१ रन बनाएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार