तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

बिहीबार नेपाली बजारमा सुनको मूल्य अधिकतम ११ सय रुपैयाँले घटेको छ । बुधबार ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुन समेत प्रतितोला ११ सयले नै घट्दै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि आज प्रतितोला २० रुपैयाँले घट्न पुगेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार