एसीसी प्रिमियर कप : कतार-नेपाल तथा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुने

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतार बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अंक बाडेको थियो । जससँगै नेपाल सेमीफाइनलमा गएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार