अर्थतन्त्र बाहिर भनिएजस्तो कहालीलाग्दो अवस्थामा छैन : अर्थमन्त्री महत

अर्थतन्त्रलाई सुधारमा ल्याएरै छोड्ने भनाई

काठमाडौँ – अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बाहिर भनिएजस्तो कहालीलाग्दो अवस्थामा नरहेको बताएका छन्।

बुधबार राष्ट्रिय सभामा पेस भएको सार्वजनिक महत्वको विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री महतले अर्थतन्त्र सुधारतर्फ उन्मुख गराउन सकिने अवस्थामा रहेको बताएका हुन्।

‘अर्थतन्त्र एकदम संकटग्रस्त भयो, समाप्तिको बाटोमा गयो भन्ने परसेप्सन निर्माण भएको छ। त्यस्तो स्थिती होइन। केही दबाब र अप्ठ्यारा अवश्य छन् । त्यसलाई फुकाउने छौं,’ अर्थमन्त्री महतले भने।

उनले अर्थतन्त्रलाई सुधारमा ल्याउनका लागि सरकारसँग ठोस प्रतिबद्धता रहेको पनि जानकारी गराए। अर्थतन्त्रलाई चलायमान बनाउने कुरा आज बोलेर भोलि तुरून्तै चमत्कार हुने नभई केही समय लाग्ने उनले बताए।

‘यसका लागि समय लाग्छ, धैर्यताको आवश्यकता पर्छ,’ उनले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार