युरोकप फुटबलः इटालीले स्वीट्जरल्यान्डलाई ३–० ले हरायो

युरोकप फुटबल २०२० मा इटालीले स्वीटजरल्यान्डलाई हराएको छ । गएराती भएको खेलमा इटालीले स्वीटजरल्यान्डलाई ३–० गोलको फराकिलो अन्तरले हराएको हो ।

इटालीलाई जिताउन लोकेलेटीले दुई र इमोबाइलले एक गोल गरे । जितसँगै इटाली दुई खेलबाट ६ अंकसहित ग्रुप ए को शीर्ष स्थानमा छ । वेल्स चार अंकसहित दोस्रो स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार