प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्षबीच छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने विषयमा छलफल थालेका छन् ।

बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सदनको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको हो ।

साथै सो भेटमा प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष तिमिल्सिनाले आफ्नो रूसको संघीय संसद् उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणबारे जानकारी गराए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार