संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

विभिन्न विधेयकमाथि छलफल हुँदै

काठमाडौँ – संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा सुुरु हुनेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, मदनकुमारी शाह प्रस्तावक र अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा, प्रमिला कुमारी, डा। विमला राई पौड्याल, शेखरकुमार सिंह, सुरेशकुमार आले मगर समर्थक भइ सूचना गरेको सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने विषयको जरुरी सार्वजनकि महत्वको प्रश्तावमाथि छलफल हुनेछ ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अध्यागमन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, अध्यागमन विधेयक,२०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूचि रहेको छ ।

प्रतिनिधि सभामा सभामुखले संसदीय सुनुवाई समितिमा रहनुहुने सदस्यहरुको नाम मनोनयनका लागि प्रश्ताव गर्नुहुने, ईश्वरीदेवी न्यौपानेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनि सदस्यहरुको नामावली सहितिको प्रस्ताव पेस गर्ने, उक्त प्रस्तावको रघुजी पन्तले समर्थन गर्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार