सिके राउतले दिए उपेन्द्र यादवलाई शुभकामना

जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ वाट बिजयी उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन ।

गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा–२ वाट बिजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन ।

‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं- २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालवाट बधाई दिदै भनेका छन, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु  हुने सम्पूर्णमा कोटिकोटि प्रणाम ।’

बारा–२ मा जसपा नेपाल र जनमत पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका थिए । जसपाका यादव २८ हजार ४१५ मतले बिजयी भए भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहन पुगे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार