मतगणना नसकिँदै जितनारायणले दिए रविलाई बधाई

'पुराना राजनीतिक दलहरु सच्चिनु पर्ने भनाई'

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ। तर गणना गर्नुपर्ने मतभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले धेरै मतान्तर बनाइसकेका छन्। लामिछानेको जित निश्चित भइसकेको छ।

रास्वपा सभापतिसमेत रहेका लामिछानेको जित निश्चित भएसँगै नेपाली कांग्रेसबाट चितवन २ मा उम्मेदवार रहेका जितनारायण श्रेष्ठले बधाई दिएका छन्।

मतगणनाको अन्तिम परिणाम नआउँदै कांग्रेस उम्मेदवार जितनारायणले रास्वपा उम्मेदवार लामिछानेलाई बधाई दिएका हुन्।

‘जनताले परिवर्तन खोजेको र परम्परागत दलहरू सच्चिनुपर्छ भन्ने सन्देश दिएको छ,’ जितनारायणले पत्रकारहरूसँग भने, ‘मैले परिणामलाई स्वीकार गरेको छु। हार स्वीकार गरेको छु। अझै म जनताका काम गर्दै अघि बढ्छु। रविजीलाई बधाई छ। म उहाँलाई बधाई दिन आएको हुँ।’

पुराना राजनीतिक दलहरूप्रति जनताको आकर्षण नदेखिएको पनि श्रेष्ठले बताए। आफूलाई मत दिनेप्रति उनले आभार व्यक्त गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार