झन्‌झन् अग्रता बढाउँदै उपेन्द्र यादव

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा जारी मत गणनामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन्।

पछिल्लो मतपरिणामअनुसार यादवले १२ हजार १ सय १९ मत प्राप्त गरेका छन्। उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ७ हजार ६ सय ९३ मतसहित पछ्याइरहेका छन्।

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार ३ सय २८ मतका साथ तेस्रो स्थानमा छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १ हजार ९ सय ४१ मत ल्याएका छन्।

कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मतदान भएको थियो । महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार