चितवनमा रवि ३३ हजारभन्दा बढी मतान्तरले अगाडि, कसको कति मत ?

चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार रविले ४१ हजार ५०४ मत पाउँदा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मतमात्रै पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाएका छन् ।

चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना भइरहेको छ । सोमबार मध्यान्हदेखि चितवन उद्योग वाणिज्य सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना भइरहेको हो । यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार