फलाई दुबई ५७६ इञ्जिनमा गौथली बसेकाले बिष्फोटसहित आगो देखिएको अनुमान

नर्मल अवस्थामा गन्त्व्यतर्फ लागेको बिमान १ः३१ मा दुबई अवतरण गर्ने

 

सोमबार साँझ काठमाण्डौबाट दुबईका लागि उडेको ५७६ बिमानको इञ्जिनमा गौथली बसेर बिष्फोटसहितको आगो देखिएको अनुमान गरिएको छ । बिमानको इञ्जिनमा आगो देखिएपछि आकष्मिक  अवस्थाको जानकारी दिएर फेरि गन्त्व्यमै लागेको बिमानको चेकजाँचमा धावनमार्गमा मरेका गौथली भेटिएपछि यस्तो अनुमान गरिएको हो ।

फलाई दुबईको उक्त बिमानमा टेकअफ लगत्तै बिष्फोटको आवाजसहित आगो  देखिएको थियो । बिमानमा ठुलो बिष्फोटसहित आगो देखिएपछि बिमानले टावरलाई म पुरै इमरजेन्सीमा छु भन्ने जानकारी गराएको बिमानस्थल स्रोतले टिभी अन्नपूर्णलाई जानकारी दिएको छ । बिमानमा आगो सहितको बिष्फोटको आवाज आएलगत्तै इमरजेन्सीको सुचना पाएपछि त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा अन्य उडान रोकेर आकष्मिक अवतरणको तयारी गरेपनि आन्तरिक चेकजाँचमा बिमान सामान्य अवस्थामा फर्किएको यकिन भएपछि बिमान गन्त्व्यतर्फ लागेको छ ।

आकष्मिक अवस्थाबारे पाईलटले टावरलाई जानकारी गराएपछि धार्केको आकाशमा बिमान होल्ड गरेर आन्तरिक जाचँ गर्दा सामान्य स्पार्क बाहेकको समस्या  नभएपछि टावरलाई सुचना दिएर बिमान   भारतीय आकाश हुदै गन्त्व्यतर्फ लागेको हो । ।

बिमानको इञ्जिनमा स्पार्क आएर नर्मल अवस्थामा फर्किएपछि टावरलाई ९ः५९ मा नर्मल रिर्पोट गरेर वि विल कन्टिन्यु भन्दै दिल्लीतर्फ गएको त्रिभुवन बिमानस्थल स्रोतको भनाई छ ।

सामान्य अवस्थाको जानकारी दिएपछि बिमान एल ६२६ रुट हुदै जहाज दुबईतर्फ लागेको छ । अहिले बिमान भारतीय आकाश हुदै गन्त्व्यतर्फ उडान गरिरहेको छ । बिमान राती १ः३१ मा दुबई बिमानस्थलमा अवतरण हुनेछ ।

यसको प्रारम्भिक चेकजाँचमा गौथली बिमानको इञ्जिनमा पसेकाले बिमानमा आगो देखिएको अनुमान गरिएको छ । धावनमार्गमा मरेको गौथली भेटिएकाले यस्तो अनुमान गरिएपनि यो औपचारिक रुपमा पुष्टि भने गरिएको छैन । जहाज दुबई अवतरणपछि यसको प्राविधिक जाचँ गरेर बास्तविकता पत्ता लाग्ने फलाई दुबईले टिभी अन्नपूर्णलाई जानकारी दिएको छ । बिमानमा आगोको मुस्लो सहितको बिष्फोटको आवाज सुनिएपछि बिमानका बारेमा आधिकारिक निकायले पुष्टि नगरेपनि बिभिन्न अडकलबाजीहरु सञ्चारमाध्ययाम प्रकाशन प्रसारण हुदाँ थप त्रास देखिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार