इञ्जिन फेल भएको फ्लाई दुबईको जहाज भारतको आकाशमा पुग्यो

काठमाडौँबाट दुबईका लागि उडेको इन्जिन फेल भएको जहाज भारततर्फ लागेको छ । विमानस्थलबाट टेकअफ लगत्तै आगोको मुस्लोसहित ठुलो विस्फोटको आवाज आएको विमानको एउटा इन्जिन फेल भएपछि धार्केको आकाशमा कहिबेर होल्ड भएपछि नेपालगन्जको आकाश हुँदै भारततर्फ लागेको हो । अहिले विमान भारतको आकाशमा पुगेको राडरले देखाएको छ ।

इन्जिन फेल भएको जानकारीपछि आकस्मिक अवतरणको सङ्केत गरेको विमानले धार्केबाट टावरलाई वि विल कन्टीन्यू भन्दै भारततर्फ लागेको हो । जानकारहरू एउटा इन्जिन फेल भएको विमान झन्डै ४ घण्टासम्म सिङ्गल इन्जिनमा उड्न सक्ने भएकाले यसलाई सुरक्षित अवतरण गर्न सकिने बताउँछन् । तर, फलाई दुबईको उक्त विमानबाट विस्फोटको आवाजसहित आगोको मुस्लो समेत देखिएकाले यसलाई जोखिमपूर्ण मानिने उनीहरूको भनाई छ ।

आगोको मुस्लो देखिएपछि इन्जिन फेल भएको जानकारी टावरलाई दिएको उक्त विमान ‘डेस्टिनेसनमै जान खोजेको जस्तो देखिन्छ, समस्या भएपनि अवतरण गर्ने पाइलटले बताएका छैनन्’, एक अधिकारीले भने, ‘पाइलटले वी विल कन्टिन्यू भनेका छन् ।’

ती अधिकारीका अनुसार पाइलटले विमान भारतमा अवतरण गर्नसक्छन् । ‘दुबई उडान गर्ने जोखिम पाइलटले नलिनसक्छन्, भारतमा मर्मतका लागि सुविधासँगै सहजता हुने भएकाले त्यो निर्णय लिएको हुनसक्छ’, ती अधिकारीले बताएका छन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार