बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै, कसले कति मत पाए ?

बारा । बारा -२ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवको अग्रता कायमै छ । पछिल्लो ताजा मतपरिणाम अनुसार यादवले निकटतम प्रतिद्वन्द्वीभन्दा झन्डै ६ सय मतको मतान्तर बनाएका छन्।

यादवले २ हजार ६०० मत ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २ हजार ६७ मत ल्याएका छन्। यस्तै नेकपा एमालेका पुरूषोत्तम पौडेल ८६१ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३०३ मत प्राप्त गरेका छन्।

बारा-२ मा सुरूआतीदेखि नै जसपाका यादव र जनमतका कुशवाहाबीच कडा टक्कर देखिएको छ। बारा–२ मा ६८ हजार ८८७ मत खसेको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार