बारा २ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता

बारा २ प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मतपरिणाममा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले २२४ मत पाएका छन् ।

जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन् । उनले १७० मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका पुरूषोत्तम पौडेलले १६६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएका छन् ।

अहिलेसम्म ६७० मत गणना भएको छ । अहिले करैयामाई र सुवर्णपूरको मतगणना भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार