यतिका धेरै मतान्तर होला भन्ने मैले सोचेको थिइनँ : स्वर्णीम वाग्ले

काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबा उम्मेदवार रहेको डां स्वर्णीम वाग्लले सोचेको भन्दा राम्रा मत आइरहेको प्रतिक्रिया दिएका छन् । टिभीअन्नपूर्णसँगको कुराकानीमा वाल्लेले आफूले यति धेरै मतान्तर हुने नसोँचेको बताएका हुन् ।

उनले भने ‘कम मत आउँछ भनेर सोचेका वडामा पनि हामीलाई राम्रो मत आइरहेको छ। भानु नगरपालिका वडा नम्बर ७ र ८ मा भने सोचेअनुसार हामीलाई मत आएन। आँबुखैरेनी गाउँपालिकामा राम्रो मत आउँछ भन्ने हामीलाई थाहा थियो । आँबुखैरेनी क्षेत्रमा राम्रो मत आएको छ। यत्रो मतान्तर होला भन्ने मैले सोचेको थिइनँ।’

मतगणना जारी छ। अहिलेसम्म गणना गरिएको मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित अगाडि छन्।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले पछ्याइरहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार