१६ वर्षपछि रियल म्याड्रिड छाड्दै रामोस

रियल म्याड्रिडका कप्तान सर्जिओ रामोसले यहि समरबाट क्लब छाड्ने निश्चित भएको छ । रियल म्याड्रिडले उनको बिदाइका लागि बिहीबार प्रेस कन्फ्रेन्स गर्ने जनाएको छ ।

स्पेनिस जाइन्ट रियलमा रामोसले १६ वर्ष बिताइसकेका छन् । उनी २००५ देखी रियल म्याड्रीडमा रहँदै आएका थिए । रामोसको सम्झौता सकिएसँगै नयाँ सम्झौता हुन सकेन् । क्लब र रामोसबिच सम्झौताका विषयमा लामो समय देखि छलफल भएपनि क्लबले उनको माग बमोजिम सम्झौतामा आलटाल गरेपछि उनले रियल छाड्ने निर्णय लिएको स्पेनिस सञ्चारमाध्यामले जनाएका छन् ।

क्लबले एक छोटो बतब्य जारी गर्दै ३५ वर्षीय रामोसका लागि १७ जुनको मध्यान्ह १२स्३०९स्थानिय समय० मा विदाइ कार्यक्रम राखिएको जनाएको छ । जसमा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजकोपनि उपस्थिती रहने जनाइएको छ ।

रामोसले रियल मयाड्रिमा रहँदा १६ सिजनमा रामोसले कुल ६७१ खेल खेल्दै १ सय १ गोल गरेका छन् भने टीमका लागि कुल २२ ट्रफि जितेका छन् । उनले क्लबबाट महत्वपुर्ण खेलाडीका रुपमा ५ लालिगा, ४ च्याम्पियन्स लिग, २ कोपा डेल रे, ४ स्पेनिस सुपर कप, ३ युइएफए सुपर कप तथा ४ क्लब विश्वकपको उपाधि जितेका छन् ।

पछिल्लो समय उनी इन्जुरीका कारण क्लब र देशका लागि समेत खेल गुमाउँदै आएका छन् । स्पेनका पूर्व कप्तान समेत रहेका उनी जारी युरो २०२० मा चोटकै कारण प्रशिक्षकको नजरमा पर्न सकेनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार